दार्चुलाः दार्चुलामा यार्सागुम्बा सङ्कलन गरी परिवारका सदस्यसहित घर फर्किरहेकी एक बालिकाको मृत्यु भएको छ ।
व्याँस गाउँपालिकाको हुमदुम्तीमा हिउँमा चिप्लिएर घाइते भएकी १४ वर्षीया आरती कार्कीको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
दार्चुला जिल्ला अस्पतालमा भर्ना गरिएकी उनलाई थप उपचारका लागि भारतको हल्द्धानी रेफर गरिएको थियो । त्यहाँ लैजादै गर्दा बालिकाको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
Facebook Comments Box