काठमाडौं: सरकारले भ्याट लगाएको कारण देखाउँदै व्यापारी प्याज र केही तरकारीको भाउ दोब्बरले बढाएका छन्।
सरकारले बजेटमार्फत तरकारी तथा फलफूलजन्य वस्तु आयातमा १३ प्रतिशत भन्सार महसुल (भ्याट) वृद्धि गरेसँगै विशेष गरेर प्याजको भाउ आकासिएको छ।
कालीमाटी थोक व्यापारीहरूको संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले २१ गतेदेखि आधिकारिक व्यापारीबाट बजारमा प्याज नआएको फाइदा बिचौलियाले उठाउँदा बजारमा प्याजको मूल्य महँगो भएको दाबी गरे। कृषि उपजमा भ्याट लागेपछि प्याज आयात रोकिएको छ। १० दिनदेखि भारतीय आलु र प्याज आयात बन्द भएको हो।
कालिमाटीभित्रै एक हप्तामै प्याजको मूल्य दोब्बरले वृद्धि भएर प्रतिकेजीकै ११० देखि ११५ रुपियाँ खुद्रा मूल्यमा बिक्री भइरहेको छ । कालीमाटीबाहिरका खुद्रा पसलमा प्याजको भाउ प्रतिकेजी १२५ रुपियाँदेखि १४० रुपैयाँसम्म छ ।
Facebook Comments Box