काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा वडाध्यक्ष र वडा सचिवलाई पक्राउ गरेको छ ।
धनुषाको नगराइन नगरपालिकाका वडाध्यक्ष वुलन यादव र वडा सचिव अमृत नारायण मिश्रले सडक निर्माण कार्य सम्पन्न गरिदिए बापत ७० हजार रुपैयाँ घुस लिएको उजुरीको आधारमा यादव र मिश्रलाई अख्तियारले पक्राउ गरेको हो ।
उनीहरूलाई ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
Facebook Comments Box