डडेल्धुरा : सशस्त्र प्रहरी बल, नेपालले डडेल्धुरासहित विभिन्न ५ ठाउँमा विपद् व्यवस्थापन बेस स्थापना गरेको छ ।
डडेल्धुराको अमरगढीस्थित नम्बर ५२ गुल्ममा अट्याच रहने गरी विपद् व्यवस्थापन बेस स्थापनमा गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
पहाडी जिल्लामा हुने विपद् व्यवस्थापनका लागि सहस्त्र प्रहरी निरीक्षणको नेतृत्वमा २० जनाको टोली नम्बर ५२ गुल्ममा रहने छ ।
स्थापना भइसकेका विपद् व्यवस्थापन वेशमा आवश्यक सामान र जनशक्ति तैनाथ गरिसकेको छ बताइएको छ ।
सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उत्पादित जनशक्तिलाई परिचालन गरेको हो । यसबाट तत्काल मनसुनजन्य प्रकोप तथा अन्य अवस्थामा हुने विपद्लाई समेत न्यूनीकरण गर्न र उद्धार कार्यलाइ थप प्रभावकारी बनाउन सहज हुनेछ ।
Facebook Comments Box