कञ्चनपुरः कञ्चनपुरमा एक लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्लाको बेलौरी नगरपालिका–१० भुडा लठ्ठाघाट स्थित नेपाल भारत सीमा नजिकबाट टमाटर, बोडी, हरियो खुर्सानी, काक्रा, सिम्ला मिर्च, भिण्डी लगायतका १५ हजार मूल्य बराबरको तरकारी बरामद गरिएको हो । प्रहरीका अनुसार ती तरकारी बेवारिसे अवस्थामा फेला परेको हो ।
यस्तै, बेलौरी–२ बैजुडाँडाबाट अवैध रुपमा भंन्सार छली ल्याएका ९० हजार आठ सय मूल्य बराबरका कुरकुरे, चिसो पेय पदार्थ, मैदा, लिचि लगायतका पनि बरामद गरिएको छ । सामानसँगै से.७ प.७१५ नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box