धनगढी: भारतमा एक नेपाली महिलाको ज्यान गएको छ। कञ्चनपुर स्थायी घर भएकी निर्मला रावल सेठीको मुम्बईमा मृत्यु भएको हो।
आफन्तका अनुसार जेठ ३१ गते उनी मृत फेला परेकी थिइन्। उनी झुन्डिएको अवस्थामा फेला परेको बताइएको छ।
तर, मृतकका बुबा र माइती पक्षले भने उनको हत्या भएको आरोप लगाएका छन्। उनीसितै बस्ने २ नन्दहरुले हत्या गरेको आफन्तको आरोप छ।
कैलालीको गोदावरी नगरपालिका माइत भएकी मृतकको गत माघमा बिहे भएको थियो। बिहेपछि उनी भारत गएकी थिइन्। त्यहाँ उनी श्रीमान, नन्दहरु र सासू ससुरासित बस्दै आएकी थिइन्।
Facebook Comments Box