धनगढीः धनगढीमा भारतीय चलचित्र ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाइएको छ । धनगढीको एसटिएस सिनेमा हलले स्वस्फूर्त रुपमा ‘आदिपुरुष’को प्रदर्शमा रोक लगाउने निर्णय गरेको हो ।
फिल्लमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डायलगले नेपालको राष्ट्रियता र सांस्कृतिक एकतामाथि प्रहार गरेको भन्दै सोमबारदेखि ‘आदिपुरुष’को सम्पूर्ण शो रोकेको एसटिएस सिनेमाले जनाएको छ ।
आदिपुरुषमा समावेश जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देशको देशव्यापी रुपमा चर्को आलोचना भइरहेको छ ।
Facebook Comments Box