धनगढी: कैलालीमा अवैध काठसहित फर्निचर सञ्चालकलाई पक्राउ गरिएको छ। सोमबार जिल्लाको कैलारी गाउँपालिका–२ उजेरीसिमरामा रहेको रामबिर फर्निचर उद्योगका सञ्चालक सोही ठाउँका ५४ वर्षीय रामकुमार चौधरीलाई पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले विशेष सूचनाका आधारमा चौधरीलाई एक लाख ७० हजार रुपैयाँ पर्ने १०६ दशमव ५१ क्युफिटका ७ वटा सालका गोलिया र १८ वटा सिलापट बरामद गरिएको जानकारी दिए। चौधरीलाई ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको टोलीले पक्राउ गरेको थियो।
चौधरीलाई काठसहित आवश्यक कारवाहीका लागि सब डिभिजन वन कार्यालय उदासीपुरमा बुझाइएको प्रहरी निरीक्षक साउदले बताए।
Facebook Comments Box