धनगढी: गेटा चिकित्सा विश्वविद्यालयको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ। आज सोमबार गेटामा निर्मित संरचना हेर्न अस्तीदेखी कैलालीमा आन्दोलन गर्नेहरु गएका थिए।
त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेर आन्दोलनकारीमाथि बल प्रयोग गर्दै बाहिर निकालेको हो। आन्दोलन गर्नेहरु गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीलाई भेट्न गएका थिए। सोही बेला आन्दोलनकारीहरूलाई प्रहरीले बल प्रयोग गरेर बाहिर निकालेको जनाइएको छ।
अस्पताल सञ्चालनको अवस्थाबारे बुझ्न गएका आन्दोलनकारीले डाक्टर जोशीसँग भेट गर्न पाएनन्। गेटामा युनिभर्सिटी माग गर्दै संघर्ष समितिले आन्दोलन गर्दै आएको छ।
Facebook Comments Box