धनगढी: कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको घोडाघोडी नगरपालिका–३ नारायणपुरमा विद्युतको पोलबाट करेन्ट लागेर सोही ठाउँका ३५ वर्षीय फुलाराम चौधरीको मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका चौधरीको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box