काठमाडौँ: तीन करोड ५७ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनले अवकाश पाइसकेका छन्।
राजभण्डारी सार्वजनिक सेवामा प्रवेश गरेको ३० फागुन ०५१ देखि ३१ भदौ ०७९ सम्मको आम्दानी र खर्चको अख्तियारले विश्लेषण गरेको थियो। उक्त अवधिमा उनको वैधानिक आय तीन करोड ८५ लाख ५१ हजार सात सय ४१ रुपैयाँ देखिएको आरोपपत्रमा उल्लेख छ । सोही अवधिमा उनको खर्च तथा लगानी सात करोड ४२ लाख २९ हजार छयासी रुपैयाँ देखिएको थियो।
कुल वैधानिक आयलाई कुल व्ययसँग तुलना गर्दा आयभन्दा तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ रुपैयाँको वैधानिक स्रोत पुष्टि हुन नसकेको आरोपपत्रमा उल्लेख छ।
Facebook Comments Box