भद्रपुर: झापा कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-६ निवासी २८ वर्षीय देवेन्द्र थापा रहेको झापा कारागार भद्रपुरले जनाएको छ ।
आइतवार साँझ उनको स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख मोहनलाल पनेरुले जानकारी दिएका छ्न् ।
१६ असार २०७८ देखि लागुऔषध मुद्दामा कारागारमा जेल जीवन विताइरहेका थापाको कैद समयावधि ५ वर्ष रहेको कारागार प्रमुख पनेरूले बताए ।
Facebook Comments Box