दार्चुला – नेपाल प्रहरीका ३ सय ७३ जना प्रहरी निरीक्षकहरूको सरुवा गरिएको छ ।
आईजीपी शैलेश थापा क्षेत्रीले बिहीबार इन्स्पेक्टर सरुवाको निर्णय गरेका हुन् । स्थानीय तहको निर्वाचनको बेला नेपाल प्रहरीका इन्सपेक्टरहरुको सरुवा गरिएको हो । जसमा जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालयका गरी ६ जनाको इन्सपेक्टरहरुको सरुवा भएको छ ।
जिल्ला प्रहरी कार्यालयमा काज सरुवा भएर आउनुभएका प्रहरी निरीक्षक माधव विश्वकर्माको सुदूरपश्चिम प्रदेश प्रहरी आवाशीय माध्यमिक विद्यालय धनगढी सरुवा भएको छ ।
यस्तै इन्सपेक्टर पुष्करसिह ऐरीको वडा प्रहरी कार्यालय बुटबल रुपन्देही सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालयमा इलाका प्रहरी कार्यालय दुम्कीबास पूर्वनवलपरासीबाट हिक्मतबहादुर थापा आउनुभएको छ । यस्तै इलाका प्रहरी कार्यालय पाटनबाट राजेश शाही जिल्ला प्रहरी कार्यालय दार्चुलामा सरुवा भएको छ ।इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत इन्सपेक्टर अरुण बमको महानगरीय प्रहरी वृत्त दरबमार्ग अपराध नियन्त्रण शाखा सरुवा भएको छ ।
सीमा प्रहरी चौकी लालीका इन्सपेक्टर धुव्रबहादुर विष्टको जिल्ला प्रहरी कार्यालय अछाम सरुवा भएको छ भने लालीमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखाबाट जगत गाहामगर आउनुभएको छ ।
इलाका प्रहरी कार्यालय लटिनाथमा कार्यरत इन्सपेक्टर नारायणसिह विष्टको महानगरी प्रहरी वृत्त दरबारमार्ग सरुवा भएको छ भने लटिनाथमा सुदूरपश्चिम प्रदेश दांगा प्रहरी कञ्चनपुरबाट रामबहादुर चन्द आउनुभएको छ ।इलाका प्रहरी कार्यालय हुतीका इन्सपेक्टर लोकेन्द्रबहादुर सिंहको जिल्ला प्रहरी कार्यालय कैलाली सरुवा भएको छ भने हुतीमा जिल्ला प्रहरी कार्यालय बझाङबाट लोकेन्द्र बहादुर कार्की सरुवा भएर आउनुभएको छ ।