कैलाली: कैलालीमा लागुऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन्। सोमबार साँझ टीकापुरमा सोही नगरपालिकाको १ नम्बर वडाका २९ वर्षीय बिशाल ज्ञवाली ४ ग्राम ८१० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन्।
शङ्काको आधारमा ज्ञवालीले चलाएको सु.प.प्र.०१०११ प ७२४३ नम्बरको मोटरसाइकलको चेकजाँच गर्दा चिनी र दाल राखेको बोराभित्र प्लाष्टिकको पोकामा लुकाई छिपाई राखेको ब्राउनसुगर फेला परेको प्रहरीको भनाई छ।
घटनामा पक्राउ परेकामाथि आज मंगलबार अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ।
Facebook Comments Box