सुनबहादुर तामाङ नाम गरेका ठगले हिरादेवी थापा नाम गरेकी महिलाको १२ लाख ठगेका छन्। सोही आरोपमा सुनबहादुरलाई पक्रेर रोजगार विभागमा पठाइएको छ।
नुवाकोट दुप्चेश्वरका ५५ वर्षीय सुनबहादुरलाई गोकर्णेश्वर ४, माकलबारीबाट नियन्त्रणमा लिइएको हो। हिरादेवीलाई जापान पठाइदिने प्रलोभनमा पटकपटक गरेर १२ लाख रुपैयाँ ठगेपछि सुनबहादुर फरार भएका हुन्।
रोजगार विभागमा थापाले आफु ठगिएको निवेदन हालेपछि प्रहरीले अस्ति तामाङलाई पक्रेको हो।
Facebook Comments Box