डडेल्धुरा: सुदूरपश्चिम सरकारका मन्त्री सवार गाडी बझाङमा दुर्घटनामा परेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो।
गाडेको सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको प्रहरीले बताएको छ। दुर्घटनामा परि मन्त्री सिंहसहित ४ जना घाइते भएका छन्। खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।
Facebook Comments Box