धनगढी: धनगढीका ४२८ घरधनीलाई सम्मान गर्ने धनगढी उपमहानगरपालिकाको कार्यक्रम स्थगित गरिएको छ । उपमहानगरले आज सूचना जारी गर्दै भोलि गरिने भनिएको सम्मान कार्यक्रम स्थगित गरिएको जनाएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा परी आज निधन भएकाले बुधवार गरिने भनिएको सम्मान कार्यक्रम स्थगित गरिएको उपमहानगरले सूचनामार्फत जनाएको छ ।
उपमहानगरले धनगढी-१ कैलाली पुलदेखि धनगढी-८ हुलाकी सडक जिरो प्वाइन्टसम्मको सडक निर्माण कार्यको शिलान्याश एवं उक्त क्षेत्राधिकार भित्रका भौतिक संरचना स्वस्फूर्त रुपमा हटाई सडक विस्तारमा सहयोग पुर्याएका घरधनीहरुको सम्मान कार्यक्रम हाललाई स्थगित गरिएको सूचनामा उल्लेख छ ।
उपमहानगरले आफ्नो भौतिक संरचना आफै भत्काएर ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियानमा पुर्याएको योगदानको उच्च कदर गर्दै ४२८ घरधनीलाई सम्मान गर्ने जनाएको थियो ।