काठमाडौँ: छात्रवृत्ति विवरण नबुझाउने ३९ ओटा विद्यालयलाई काठमाडौँ महानगरपालिकाले १ लाख रुपैयाँका दरले जरिबाना तोकेको छ ।
महानगर क्षेत्रभित्रका ५०४ निजी विद्यालयमध्ये ४६५ ओटाले छात्रवृत्ति विवरण बुझाएका र बाँकी ३९ ओटाले नबुझाएका महानगरले जनाएको छ । उनीहरुबाट महानगरले एक लाख रुपैयाँका दरले जरिबाना लिने मेयर बालेन्द्र शाहले बताए ।
जरिबाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने र त्यसपश्चात् पनि विवरण नबुझाएमा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने उनले बताए ।
महानगरको इतिहासमा यो पहिलो पटक हो । त्यसबाट लक्षित वर्गका १३ हजारभन्दा बढी विद्यार्थीले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका छन् ।
Facebook Comments Box