धनगढीः टीकापुर घटनाका चार जना कैदीलाई कैदमुक्त गरिँदैछ । कैद सजाय भोगिरहेका श्रवण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी र हरिनारायण चौधरीलाई कैदमुक्त गरिने भएको हो ।
उनीहरुलाई आगामी असोजमा संविधान दिवसका दिन कैदमुक्त गर्न सरकारले गृहकार्य अगाडि बढाएको बताइएको छ । कैलालीको टीकापुरमा २०७२ भदौमा भएको घटनामा दोषी ठहर भई कैद सजाय भोगिरहेका रेशम चौधरीले आममाफी पाए पनि अन्यले कारागारमै कैद भुक्तान गरिरहेका छन् ।
सरकारमै सहभागी नागरिक उन्मुक्ति पार्टीले उनीहरूको सजाय माफी दिलाउनका लागि माफीको निवेदन दिन कैदीबन्दीलाई आह्वान गरेको छ । कैदमुक्त भएपछि रेशमले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर अन्यलाई माफी दिन आग्रह गरेका थिए भने प्रधानमन्त्रीले पनि माफीको आश्वासन दिएका थिए ।
Facebook Comments Box