काठमाडौँ: शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएकी हुन् ।
उनले पछिल्ला घटनाक्रममा महानगरका मेयर शाहले लिएका निर्णय आफ्नो मुल्यमान्यता विपरीत भएका र ती निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले स्वार्थको द्वन्द्व उत्पन्न भएकाले राजीनामा दिएको बताएकी छिन् ।
भारतीय चलचित्र आदिपुरूषमा व्यक्त भएका संवादलाई कारण देखाउँदै शाहले काठमाडौं महानगर भित्रका हलमा भारतीय चलचित्र नचलाउन निर्देशन दिएका छन् । अर्यालको परिवारका सदस्य फिल्म हलको व्यवसायमा पनि संलग्न भएका कारण उनले स्वार्थको द्वन्द्व उत्पन्न भएको भनेकी हुन् ।
गत भदौमा महानगरको कार्यपालिका बैठकले अर्याललाई शिक्षा सल्लाहाकार नियुक्त गरेको थियो ।
Facebook Comments Box