काठमाडौँ : नेपाल एयरलाइन्सको एउटा न्यारोबडी जहाज ‘ग्राउन्डेड’ भएको छ ।
प्राविधिक समस्या आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशनमा बुधबार जहाजलाई ग्राउन्डेड गरिएको हो ।
नेपाल एयरलाइन्सको ९ एन-एकेएक्स सिरिजको जहाजमा समस्या आएपछि ग्राउन्डेड गरिएको नेपाल एयरलाइन्सले जनाएको छ ।
उक्त जहाज मर्मतका लागि भोलि (बिहीबार) भारतको हैदरावाद लैजाने तयारी गरिएको ती कर्मचारीले बताए ।
सोही जहाजमा एक महिनाअघि पनि जहाजमा समस्या आएको थियो ।
Facebook Comments Box