धनगढीः धनगढीमा बुद्धिचाल प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश बुद्धिचाल संघको आयोजनामा असार ९ देखि १३ गतेसम्म ’मुख्यमन्त्री कप राष्ट्रिय एमेच्योर चेस प्रतियोगिता’ हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको हो ।
संघका अध्यक्ष भीमदत्त पाण्डेयले खुल्लातर्फ प्रथम हुनेले ४० हजार पुरस्कार पाउनेछन् भने दोस्रोले २५, तेस्रोलाई १५, चौथोलाई १०, पाँचौँलाई ८, छैटौँ र सातौँलाई ६ हजार पुरस्कार दिइनेछ । आठौँदेखि दशौँसम्मका सबै खेलाडीलाई ५ हजारका दरले पुरस्कार दिइनेछ ।
महिलातर्फ प्रथम हुनेले २० हजार पुरस्कार पाउनेछन् भने दास्रोले १५ र तेस्रोले १० हजार पुरस्कार पाउनेछन् । सुदूरपश्चिम (क) तर्फ प्रथम हुनेलाई पाँच हजार पुरस्कार दिइनेछ । द्वितीयलाई चार र तृतीयलाई तीन हजार पुरस्कार दिइनेछ । त्यस्तै, सुदूरपश्चिमका विद्यार्थीतर्फ प्रथम हुनेले तीन हजार पुरस्कार पाउनेछन् । ईएलो १८००, ईएलओ १६०० र अनरेटेडमा प्रथम हुनेले पाँच हजारका दरले पुरस्कार पाउनेछन् ।
आयोजकका अनुसार प्रतियोगितामा देशभरका ८० जनाको सहभागिता रहनेछ । पुरस्कारमा मात्र आयोजकले २ लाख १० हजार खर्च हुने बताएको छ । प्रतियोगितामा खेलकुद परिषदको सहयोग रहेको छ ।