डडेल्धुरा: कञ्चनपुरका मातृकाप्रसादको अनौठो ठगी धन्दाबारे खुलासा भएको छ। उनले बिहे गर्छु भन्दै २ युवतीको पैसा खाएको खुलासा भएको हो।
आफूलाई डाक्टर हुँ भन्दै युवतीसँग ७८ लाख बढी ठगी गर्ने उनी अहिले प्रहरीको खोरमा पुगेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–७ घर भई हल्ल भक्तपुर कौशलटार बस्ने बस्दै आएका मातृकाप्रशाद जैशीले नक्कली डाक्टर बनेर युवतीसँग बिहे गर्ने बहानमा ७८ लाख ठगी गरेको प्रहरीले जनाएको छ। जैशीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।
जैशीले आफू १२औं तहको डाक्टर हुँ भने पनि उनी डाक्टर नभएको खुलेको छ। एक युवतीलाई बिहे गर्ने भनेर उनले पटकपटक गरेर ४० लाख रुपैयाँ मागेका थिए।
त्यसपछि अर्की युवतीलाई पनि बिहे गर्छु भन्दै डाक्टर ३८ लाख ठगी गरेको खुलेको छ। नक्कली डाक्टर भएको खुलेपछि युवतीले पैसा फिर्ता माग्दा रकम नदिई जैशी फरार रहेका थिए।
उनलाई पक्राउ गरी ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौबाट पाँच दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
करिब १८ महिनाको अवधिमा उनले ती युवतीलाई प्रेमजालमा पारेर सो रकम ठगी गरेका थिए। उनले एप्रोन लगाएर भिडियो कल गर्ने गर्ने र आफू बिर अस्पतालमा ड्युटीमा छु भनेर ठग्ने गरेको प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी सिताराम रिजालले बताए।
जैशीले युवतीसँग मागेको रकमले बागमती प्रदेश ०२७ च २८८४ नम्बरको गाडी किनेको समेत अनुसन्धानबाट खुलेको छ।