डडेल्धुरा: सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले पश्चिम पहाडका विभिन्न क्षेत्रमा भारी वर्षा मापन गरिएको जनाएको छ। बाढी पूर्वानुमान महाशाखाले आइतवार बिहान सूचना जारी गर्दै दैलेख, सुर्खेत, कालिकोट, अछाम, डोटी, बझाङ, बाजुरा, डडेलधुरा र आसपास केही स्थानमा भारी वर्षा मापन भएको जनाएको छ।
यी क्षेत्रमा थप वर्षा भई आसपासका ससाना खोलामा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
अछामको असराघाट र मान्म कालिकोट क्षेत्रमा समेत भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ।
Facebook Comments Box