कञ्चनपुरः बझाङका दुई युवक कञ्चनपुरमा लागुऔषधसहित समातिएका छन् । तलकोट गाउँपालिका–१ का २६ वर्षीय झलकबहादुर द्वाल र बझाङ मष्टा गाउँपालिका–२ का राजकुमार रोकाया लागुऔषधसहित पक्राउ परेको प्रहरीले बताएको छ ।
उनीहरुलाई कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाबाट १९ ग्राम ९ सय मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु सवार सुदूरपश्चिम प्रदेश ०४००१ प ०१०६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषध पाइएको बताइएको छ ।
Facebook Comments Box