बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८२ करोड १७ लाख ३८ हजार बजेट ल्याएको छ । उपप्रमुख कौशिला चन्दले आगामी आर्थिक वर्षको बजेट नगरसभामा पेश गरेकी हुन् ।
नगरपालिकाले पूँजीगततर्फ ११ करोड विनियोजन गरेको छ भने चालु खर्चतर्फ १३ करोड ४० लाख २८ हजार ८८९ बजेट विनियोजन गरेको छ ।
Facebook Comments Box