काठमाडौं : सशस्त्र प्रहरीले नयाँ गुणस्तरको बुट, चुस्ता र ज्याकेट ल्याएको छ । टेण्डरमार्फत ल्याइएको ३५ हजार बुट, ३७ हजार चुस्ता र ३७ हजार ट्रायक सुट कर्मचारीलाई वितरण गरिएको छ ।
सशस्त्र प्रहरीमा महानिरीक्षक (आईजीपी) बढुवा भएपछि राजु अर्यालयले फौज सरुवा भएर जाँदा आफ्नो बेडबिस्तारा बोक्नु पर्ने पद्धतिलाई अन्त्य गर्ने बताएका थिए ।
अब त्यो पनि अन्त्य भएको सशस्त्र प्रहरी बलका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले बताए । सशस्त्र अहिले सबै यूनिटहरूमा म्याट्रेस, तकियालगायतका सामानहरू उपलब्ध गराइसकेको छ ।
यस पटकबाट सशस्त्रका कर्मचारीलाई आवश्यक पर्ने गुणस्तरीय कम्बल उपलब्ध गराएको एसएसपी खड्काले बताए । २० हजार नयाँ ज्याकेटहरू समयमै आएको सशस्त्रले बताएको छ । सशस्त्रले ट्रायकसुट भने अहिलेबाट शुरुवात गरेको हो । सशस्त्र प्रहरीले टेण्डरमार्फत सबै सामानहरू ल्याएको हो ।