धनगढी: नेपाली सेनाका पूर्व ११ जना उपरथीहरु राष्ट्रिय प्रजातन्त्र पार्टीको सल्लाहकार समितिमा मनोनीत भएका छन्। आज उनीहरु राप्रपाको केन्द्रीय सल्लाहकार समितिको सदस्यमा मनोनीत भएका हुन्।
स्रोतका अनुसार यसरी मनोनीत हुनेहरुमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी र सहायक रथीहरु रहेका छन्।
जसमा उपरथी गजेन्द्रबहादुर लिम्बू (अप्रा) ताप्लेजुङ, उपरथी नरबहादुर कंडेल (अप्रा) गुल्मी, उपरथी समीर शाही (अप्रा) नवलपरासी ( डोटी पुर्ख्यौली घर), उपरथी शशीचन्द्र बहादुर सिंह (अप्रा) काठमाडौं, उपरथी सुवर्णबहादुर शाह (अप्रा) दाङ्ग, उपरथी भरतबहादुर खडका (अप्रा) भक्तपुर, उपरथी कुबेर थापा (अप्रा) ललितपुर, उपरथी संजय थापा (काठमाडौं), सहायकरथी खड्ग मल्ल (अप्रा)म्याग्दी, सहायकरथी प्रकाश सिंह बोगटी (अप्रा) मोरङ्ग, प्रा.डा.उपरथी होमकुमार लावती (अप्रा) पाँचथर रहेका छन्।
Facebook Comments Box