डडेल्धुरा: केआइसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवा खोलामा मिनी ट्रक खसेको छ। सोमबार बिहान धनगढीदेखि बाजुरा जाँदै गरेको सुपप्र ०१००१ प १८८६ नम्बरको मिनी ट्रक डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ रडुवामा दुर्घटना भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।
उक्त खाद्यान्न बोकेको ट्रक डोटीको जोरायल गाउँपालिका-२ बस्ने २३ वर्षका प्रकाश मल्लले चलाइरहेका थिए। दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको बताइएको छ।
Facebook Comments Box