धनगढीः कैलालीस्थित धनगढीको मनेहरा र जुगेडाका ३ जना युवा लागुऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१२ जुगेडा गाँउका ३५ वर्षीय शेर बहादुर भण्डारी र २७ वर्षीय राकेश भट्टलाई लागुऔषधसहित आइतबार पक्राउ गरिएको हो।
भण्डारीले संचालन गरेको दुर्गेश्चरी मासु पसलमा शंका लागि चेकजाँच गर्दा १ ग्राम लागुऔषध फेला परेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
यसैगरि आइतबार साँझ धनगढी उपमहानगरपालिका–७ मनेहरा का २५ वर्षीय गोबिन्द राना लागुऔषधसहित पक्राउ परेका छन्।
उनलाई शंका लागि चेकजाँच गर्दा १ ग्राम ७ मिलिग्राम लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box