बाजुरा: बाजुरामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको खप्तड छेडेदह गाउँपालिका ४ की संगीता बोगटीको मृत्यु भएको हो ।
हिजो साँझ खप्तड छेडेदह ३ र ४ को सीमानामा रहेको बार्जुगाड खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनी खोला तर्ने क्रममा बगेकी र झण्डै ३० मीटर तल मृत फेला परेकी प्रहरीले बताएको छ ।
Facebook Comments Box