काठमाडौँ: नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुरमा वर्षेनी हुँदै आएको डुबानप्रति सरकारले चासो नदेखाएको गुनासो गरेका छन् ।
सोमवार बसेको प्रतिनिधिसभा बैकको शून्य समयमा बोल्दै सांसद लामाले जिल्लाको बेलौरी, लालझाडी र पुनर्वासका केही वडा पूरै डुबानमा पर्ने गरेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले ०६५ सालमा दोदा नदीमा आएको बाढीबाट ठुलो धनजनको क्षति भएको स्मरण गराउँदै उक्त बाढीबाट विस्थापित भई जंगलको किनारमा बसेका राना पहाडी बस्तीलाई अहिलेसम्म व्यवस्थित गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
‘कञ्चनपुरमा २०६५ सालमा दोदा नदिमा ठुलो बाढी यो, ठुलो धनजनको क्षति भयो । तत्कालिन राष्ट्रपति रामवरण यादव ज्युले निरिक्षण पनि गर्नुभयो । अहिलेसम्म बाढीबाट विस्थापित जंगलको किनारमा बसेको राना पहाडी बस्तीलाई व्यवस्थित गर्न सकेको छैन । यसका लागि बारमबार आवाज उठाइयो तर, सरकारले सुन्दैन । लालझाडी, बेलौरी, पुर्नवासका केही वडाहरु पूरै डुबानमा पर्छन् । यसको संक्षरणतर्फ सरकारको ध्यान जाओस् । साथै कञ्चनपुरका आरक्ष पीडितहरु अहिले पनि काठमाण्डुमा भौँतारिरहेका छन् । सरकारले चासो दिएको छैन । यसतर्फ सरकारको छिटो ध्यान जाओस् भन्न चाहान्छु’, उनले भने ।