धनगढी: सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले आगामी आर्थिक वर्षको २०८०/०८१ को लागि असार १ गते संसदमा पेश गरेको बजेटमाथि अझै छलफल हुन सकेको छैन। सत्ता गठबन्धनबाटै तीव्र विरोध भएपछि २ साता बितिसक्दा पनि प्रदेशसभामा बजेट माथिको छलफल हुन नसकेको हो।
२९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट संसदमा प्रस्तुत गरिएपनि त्यसको सुरुदेखि नै विरोध हुँदै आएको थियो। अहिले बजेटमाथिको छलफलका लागि बैठक बोलाउने बारे कुनै छलफल नभएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए।
आर्थिक मामिला मन्त्री नरेश शाहीलाई सत्ता गठबन्धनका सांसदहरूले आफ्नो क्षेत्रका दर्जनौँ योजनाहरू बुझाएका थिए। तर, बजेट प्रस्तुत हुँदा सांसदले बुझाएका योजनाहरू नपरेपछि अहिले सत्ता गठबन्धन भित्रै तिक्तता आएको छ।
Facebook Comments Box