नयाँ दिल्ली: बलिउड अभिनेता सलमान खानलाई ग्याङस्टार गोल्डी बराडले ज्यानको धम्की दिएका छन्। गोल्डीले एक अन्तरवार्तामा सलमानलाई मौका मिल्ना साथ मार्ने योजना बनाएको खुलासा गरेका छन्। उनले सलमानले काला हिरण मारेपछि आफूहरुसँग माफी नमागेकाले त्यसको बदला लिने उनले दाबी गरेका हुन्।
‘सलमानले काला हिरण मारेर विश्नोई समाजको बेइज्जत गरेका छन्। विश्नोई समाज काला हिरणलाई पुजा गर्दछ। उहाँलाई माफी माग्नु भन्दा पनि माफी माग्नु भएन। यसकारण जब हामी मौका पाउँछौं, उहाँलाई मारिदिन्छौँ’, गोल्डीले भनेका छन्।
यसअघि पनि सलमान खानलाइ ज्यान मार्ने धम्की दिइएकाे थियाे। सलमान सन् १९९८ मा फिल्म ‘हम साथ साथ हे’को सुटिङ गर्ने सिलसिलामा जोधपुरमा थिए। त्यो बेला सलमान माथि कालो हिरण मारेको आरोप थियो। यसलाई लिएर अदालतमा मुद्दा पनि पर्यो। जसकारण उनी जेल पनि गए।
Facebook Comments Box