कञ्चनपुरः कञ्चनपुरमा उपचारका लागि गएकी महिलालाई मेडिकलभित्रै बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको भीमदत्त नगरपालिका–७ हल्दुखालका ४६ वर्षीय हरकसिँह महरा पक्राउ परेका हुन् ।
महराले खुट्टाको उपचार गर्न गएकी महिलालाई आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट समेत गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Facebook Comments Box