काठमाडौँ: ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शाहलाई मंगलबार पक्राउ गरेको हो।
ललितानिवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानमा देखिएको थियो। जसमा उनको समेत मिलेमतो रहेको भन्दै शाहलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यले पुष्टि गरिन्।
Facebook Comments Box