धनगढी: धनगढीमा लागुऔषध र अवैध सामानसहित ५ जना पक्राउ परेका छन् । मंगलवार राति धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट धनगढी–४ का ३५ वर्षीय अभिषेक अवस्थी १२ ट्याबलेट स्पास (लागुऔषधसहित) पक्राउ परेका प्रहरीले बताएको छ।
त्यस्तै, धनगढीबाटै भन्सार छलीका अवैध सामानसहित चार जना पक्राउ परेका छन् । धनगढी–१० शिव मन्दिरबाट भन्सार छलीका करिब ५४ हजार मूल्य बराबरका हार्डवेयरका सामान प्रहरीले बरामद गरेको हो ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का ३० वर्षीय हेमराज अवस्थीसहित चार जना र दुई मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छलीका सामान र मोटरसाइकलसहित चारै जनालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय त्रिनगर पठाएको छ ।
Facebook Comments Box