काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थीको फाइल खोलेर सरकारले कानुनबाहिर जाने जोसुकै कारबाहीमा पर्ने सन्देश दिएको बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उहाँले यसले कानून सबैलाई समान हुन्छ भन्ने प्रमाणित भएको पनि बताए। ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा कानुनको सर्वोच्चता स्थापित भएको छ । लोकतन्त्रमा उब्जिएको समस्याको समाधान लोकतन्त्रबाटै हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘उच्च पदस्थहरु कानुनमाथि छन् भन्ने बुझाई गलत सावित भएको छ ।ु
उनले प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास प्रकरणका आरोपितहरू पक्राउ पर्न थालेको पनि बताए । भ्रष्टाचारका घटनाको अनुसन्धान र कारबाहीले जनतामा विश्वास जागेको र यसले कानुनको सर्वोच्चता मात्र नभएर लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।