काठमाडौँः नेकपा (एकीकृत समाजवादी)का नेता तथा डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रेमबहादुर आलेले सुदन किराँतीविरुद्ध आगो ओकलेका छन्। एक मिडियालाई प्रतिक्रिया दिने क्रममा उनले हालका पर्यटनमन्त्री किराँतीको चर्को आलोचना गरेका हुन्।
उनले आफूलाई सुदन किराँतीसँग दाँजेका छन्। उनले आफूलाई किराँतीसँग दाँज्दै प्रश्न गरेका छन्, ‘मेरो शरीर हेर्नुस् न सुदन किराँतीभन्दा डबल छैन ?’
आलेले आफू जन्मँदै एसीमा बसेको कुरा गरेका छन्। उनले आफ्ना बुवा भारतको बम्बईमा रेलवेको अफिसर भएकाले आफू त्यहीँ हुर्केको, पढेको र सोही कारण आफ्नो शरीर पनि किराँतीभन्दा डबल भएको पनि बताएका छन्।
Facebook Comments Box