धनगढीः ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई भारतको हल्द्धानीमा रहेको साई हस्पिटलले साथ दिएको छ।असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डमा साई हस्पिटल हल्द्धानीले साथ दिएको हो।
साई हस्पिटल हल्द्धानी भारतका प्रबन्ध निर्देशक क्याप्टेन डाक्टर मोहन सती र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका निवर्तमान अध्यक्ष सीताराम ओझाले सम्झौता पत्रमा हस्ताक्षर गरे। साई हस्पिटल हल्द्धानी भारतले बिशेषज्ञ चिकित्सकीइ सेवा प्रदान गर्दै आएको छ। धनगढीमा उपलब्ध नभएका विशेषज्ञ स्वास्थ्य सेवाहरु अस्पतालले दिदैं आएको छ।
ब्रेन ह्यामरेज, प्यारालाईसिस, मुटुको समस्या, एनजिओग्राफी एवम एनजिओपाष्ट्री लगायतका आधुनिक स्वास्थ्य सेवाहरु अस्पतालले दिदै आएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले ६ वटा विधाहरुको मनोनयन सार्वजनिक गरिएको छ। बर्षको उत्कृष्ट खेलाडी पुरुषमा एथलेटिक्सका शिवराज पार्की, क्रिकेटका दिपेन्द्र सिंह ऐरी, कबड्डीका प्रकाश गिरी, बर्षको उत्कष्ट खेलाडी महिलामा क्रिकेटकी विन्दु रावल, एथलेटिक्सकी राजपुरा पछाई र फुटबलकी बर्षा ओली मनोनयनमा परेकी छिन्।
बर्ष प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, कुस्तीका राजेन्द्र चन्द र भारात्तोलनका जीवन गौतम मनोनयनमा परेका छन्। बर्ष युवा खेलाडीमा भारात्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कडायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा परेका छन्। सुदुरपश्चिम आईकन पुरुष विधामा फेस्निङका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा पर्दा सुदुरपश्चिम आईकन महिला विधामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा परेकी छिन्।
६ विधाको मनोनयन सार्वजनिक गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बाँकी दुई विधाका विजेतालाई अवार्ड कार्यक्रमै सम्मान गर्ने जनाएको छ। लाईफटाईम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डमा मनोनयन नहुने भएकोले कार्यक्रमकै दिन विजेताको घोषणा गरिने भएको हो। चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ।