धनगढी : सुदूरपश्चिममा पहिलोपटक मोती उत्पादन सुरु गरिदै छ ।
डडेल्धुराको भित्रिमधेश परशुराम नगरपालिका–४ कटालमा ८० प्रतिशत रकम सरकारको र २० प्रतिशत रकम निजी लगानीकर्ताको गरि मोती उत्पादन सुरु गर्न लागिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय अन्तरगत घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको सम्भाव्यता अध्ययन पश्चात कटालमा मोती उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माणको काम थालिएको हो ।
मोती उत्पादन गर्न समुद्री जीव सिपी आवश्यक पर्छ । नेपालमा हाल मोरङ जिल्लामा मात्रै मोती उत्पादन हुने गरेको छ । सुदूरपश्चिममा डडेल्धुरासँगै दार्चुलामा मोती उत्पादनका तयारी थालिएको छ ।
स्थानीय चक्र मालले मोती उत्पादनका लागि घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराकासँग सम्झौता गरि पोखरी निर्माणको काम गरेका छन्। भारतबाट सिपी ल्याई मोती खेती गर्ने उनले बताए ।