बैतडी: बैतडी प्रशासनले शिल गरेको मेडिकल जानकारीबिना पुनः सञ्चालन गरेको आरोपमा एकजना पक्राउ परेका छन्। बैतडीको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहकी पुतारी(श्रीमती) श्यामा शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रशासन कार्यालयले गत जेठ दोश्रो साता अवैध ठहर गर्दै उक्त श्यामा क्लिनिक शिल गरेको थियो।
अवैध रुपमा क्लिनिक सञ्चालन गरी समान्य स्वास्थ्य शिक्षा समेत हासिल नगरेकी (ननमेडिकल पर्सन) श्यामा शाहले बिरामी जाच्नेदेखि औषधी बिक्रि वितरण गर्ने गरेको पाइएपछि मेडिकल शिल गरिएको थियो।
तर पुनः मेडिकल सञ्चालन गरिएपछी शुक्रबार श्यामालाई नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले जानकारी दिए।
Facebook Comments Box