डोटी: डोटीमा पानी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ गैरागाउँका अम्मर मलासीका १० वर्षीय छोरा दिपेश मलासीको मृत्यु भएको प्रहरीले बताएको छ ।
उनी सोही ठाउँमा निर्माणाधीन सरुवा रोग नियन्त्रण अस्पतालको पानी जम्मा गर्ने ट्याङकीमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Facebook Comments Box