धनगढीः धनगढीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेलबाट धनगढी–९ का २२ वर्षीय विशेष योगी र २३ वर्षीय रमेश जोशी पक्राउ परेका प्रहरीले बताएको छ ।
योगीले चलाएको सु.प.प्र.०१००८ प ११०९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको भाइजरमा २ ग्राम ५०० मिलिग्राम लागुऔषध लुकाइ राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर अनुसन्धानका गरिरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box