कञ्चनपुर: कञ्चनपुरमा दुई लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट भन्सार छलीका सामान बरामद गरिएको हो ।
प्रहरीले गड्डाचौकीस्थित विद्युत कार्यालय अगाडि भन्सार छलीका साडी, धोती, साइकल गरी १५ हजार मूल्य बराबरका सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।
त्यस्तै, गड्डाचौकीमा भारतबाट भन्सार छलीका कपडा, चिनीलगायत १ लाख ८८ हजार ३ सय मूल्य बराबरका सामानसहित १/१ मोटरसाइकल र स्कुटर बरामद गरिएको छ । यी सामान बेवारिसे अवस्थामा फेला परेका बताइएको छ ।
पक्राउ परेका दुबैजनालाई सामानसहित भन्सार कार्यालय गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
Facebook Comments Box