काठमाडौँ – मुस्ताङको लोमन्थाङ गाउँपालिकाले भोलि (सोमबार) सार्वजनिक बिदा दिएको छ । मुस्ताङका ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा झिग्मी सिट्टी पलवर विष्टका छोराको बिहे हुने भएकाले सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
विष्टका छोरा राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रमका साथ मनाउन लागिएकोले बिदा दिइएको सूचनामा उल्लेख छ ।
सोमबार सबै कार्यालयहरू तथा शिक्षण संस्थाहरू खुल्ने छैनन् ।
Facebook Comments Box