काठमाडौं: मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै कोशी र मधेस प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
भोलि मंगलबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
Facebook Comments Box