दार्चुलाः दार्चुलाको एक स्कुलमै बालकको मृत्यु भएको छ। जिल्लाको अपि हिमाल गाउँपालिकाको वडा नम्बर–६ धङकङ छिपुलाकेदार मावि कक्षा ५ मा अध्ययनरत विद्यार्थीको स्कुलको कम्पाउण्डबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
आइतबार विद्यालयमा खेलिरहेका बेला मानसिह महताका छोरा अन्दाजी १२/१३ वर्षीय समिर महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए।
स्कुलको कम्पाउण्ड नजिकै खेलिरहेका उनी लडेर झण्डै ५०/६० मिटर तल खसेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box