धनगढी: शनिबार धनगढीको अकाशमा पुगेर पनि अवतरण हुन नसकेको श्री एयरलाईन्सको विमानलाई नागरिक उड्डयन प्राधिकरणले अस्थायी उडान प्रतिबन्ध लगाएको छ।
धनगढीको आकाशबाट फर्केको विमानमा हाइड्रोलिकको समस्या देखापरेको नागरिक प्राधिकरणले आइतबार गरेको परीक्षणले देखाएको छ। सो जहाजको मर्मत गर्नुपर्ने भएकोले उडान प्रतिबन्ध लगाइएको हो।
सो विमानसँगै शनिबार नै पोखराका लागि उडेको श्रीको अर्को विमान पनि ग्राउण्डेड गरिएको छ। सो विमानमा पनि पविधिक समस्या देखिएपछि पोखरा अवतरण नगरी फर्काइएको थियो।
अहिलेलाई श्रीले आन्तरिक उडानमा दुईवटा बमबार्डियर ड्यास क्यू–४०० उडाउने छ। फ्लाइट सेफ्टी स्ट्यान्डर्डस् विभागले श्री एयरलाइन्सका ३ वटा जहाजलाई नियमत उडानका लागि अनुमति दिएको छ।
श्रीसँग आन्तरिक उडानका लागि ८ वटा विमान छन्। तीमध्ये पछिल्लो समय चार वटा जहाज उडानमा थिए।
Facebook Comments Box