धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) भरत चौधरीले सारा नेपाललाई लागुऔषधमुक्त बनाउनुपर्ने बताएका छन्। उनले धनगढीमा आज राति एक कार्यक्रममा बोल्दै यस्तो कुरा बताएका हुन्।
उनले अहिले सुदूरपश्चिमसहित देशकै समस्याको रुपमा लागुऔषध दुर्व्यसन रहेको बताए। यस्तै यो समस्या समाधान तथा लागुऔषध नियन्त्रणका लागि सबैजना लाग्नुपर्ने बताए। उनले भने, ‘सिंगो देश अहिले लागुऔषधको जालोमा छ। समस्या छ, अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय लागुऔषध नियन्त्रणमा लागेको छ। हामीले धनगढीमा त्यसका लागि
सुधार केन्द्र खोल्ने कुरा पनि गरिरहेका छौं।’
यस्तै सबै नागरिकले लागुऔषध सेवन गर्नेहरु र बेचविखन गर्नेहरूको बारेमा प्रहरीलाई सूचना दिएर सहयोग गरे देश लागुऔषधमुक्त बन्ने दाबी गरे।
Facebook Comments Box